धितोपत्र बोर्डले नेतृत्व पाएसँगै सेयर बजारमा हरियाली

मंसिर ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
धितोपत्र बोर्डले नेतृत्व पाएसँगै सेयर बजारमा हरियाली

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक एक दशमलव २४ प्रतिशतले बढेर आज २७ सय १६ दशमलब ६६ बिन्दुमा पुगेको छ ।

धितोपत्र बोर्डले नेतृत्व पाएको अर्को दिन आज सेयर बजार ३३.४१ अंकले बढेको हो । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

आज ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँ कारोबार भएको छ। हिजो ६ अर्ब ३४ करोड रुपैयाँ कारोबार भएको थियो । आज दुई सय ११ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा बढी जीवन बिमा, निर्जीवन बिमा, हाइड्रोपावर र फाइनान्स उपसमूहहरु बढेका छन् । एक करोड ४२ लाख ९२ हजार ७ सय ४२ कित्ता सेयर किनबेच भए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.