सुनको मूल्य तोलामा १५ हजार ९ सय रुपैयाँले घट्यो

मंसिर १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुनको मूल्य तोलामा १५ हजार ९ सय रुपैयाँले घट्यो

काठमाडौं । सरकारले भन्सार दर घटाएसँगै सुनको मूल्य एकै दिन १५ हजार ९ सय रुपैयाँले घटेको छ ।

आइतबार नेपाली बजारमा १ लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

भारतमा भन्सार घटेपछि चोरी निकासी बढ्ने भन्दै गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनको भन्सार २० प्रतिशतबाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो ।

प्रतितोला १५ प्रतिशत भन्सार दर रहेको सुनमा सरकारले चालु आर्थिक वर्षको बजेटमा ५ प्रतिशत बढाएर २० पुर्‍याएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.