इलाम । पुरस्कार राशीको हिसावले नेपालकै ठूलो महिला फुटबल गोल्डकप इलाममा हुने भएको छ । आगामी माघ ५ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतका २ र नेपालका ए डिभिजन ८ क्लबहरुको सहभागिता रहने छ ।
इलाम सदरमुकाममा आज पत्रकार सम्मेलन गर्दै आयोजक ओएसीसले महिला गोल्डकपबारे जानकारी दिएको हो । गोल्डकपको यो दोस्रो संस्करण हो । गोल्डकपको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब ५१ लाख रुपैयाँ खर्च लाग्ने आँयोजकले जनाएको छ ।
गोल्डकपमा भारतका दुई महिला फूटबल क्लब सहित नेपालका एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मि क्लबलगायत आठवटा क्लबको सहभागिता रहनेछ । मंसिर २२ देखि इलाम सदरमुकामको टुंडिखेलमा हुने इलाम गोल्डकपका लागि निर्मित वाँसको अस्थायी प्याराफिटलाई नै प्रयोग गरेर प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ ।