काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त हुनु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो ।
राजनीतिक विवादका कारण लामो समयदेखि धितोपत्र बोर्डले नेतृत्व पाउन सकेको थिएन । तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल गत साल पुस २० गते सकिएसँगै बोर्ड नेतृत्वविहीन भएको थियो ।