काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको नेपालगन्ज शाखालाई निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न राष्ट्र बैंकले रोक लगाएको छ ।
राष्ट्र बैंकले आज एक विज्ञप्ति जारी गर्दै संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने उद्देश्यले यो शाखालाई निक्षेप लिन तथा थप कर्जा प्रवाहमा रोक लगाइएको जनाएको हो।
'बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरूमा सुधार गर्ने सर्तमा आजैका मितिदेखि लागु हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाइ शीघ्र सुधारात्मक कारबाही गरिएको व्यहोरा सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' राष्ट्र बैंकद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।