८ दिनमा १ लाख ३९ हजारले गरे हवाई यात्रा

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
८ दिनमा १ लाख ३९ हजारले गरे हवाई यात्रा

काठमाडौं । दशैंको मुखमै राजमार्गहरु अवरुद्ध भएपछि ८ दिनको अवधिमा १ लाख ३९ हजारले हवाई यात्रा गरेका छन् ।

सामान्य अवस्थामा दैनिक ९ हजार जनासम्मले हवाई यात्रा गर्नेमा अहिले १६ देखि १८ हजारले यात्रा गरिरहेका छन् । असोज १३ देखि २० गतेसम्म आन्तरिकतर्फ कुल १४ सय ६३ उडान हुँदा ७६ हजार यात्रु राजधानीबाट बाहिरिएका छन् भने ६३ हजार १ सय यात्रु भित्रिएका छन् ।

पछिल्लो एक सातामा सबैभन्दा बढी उडान असोज १४ गते भएका थिए । यो दिन १९ हजार १ सय ५६ जनाले हवाई यात्रा गरेका थिए ।

त्यस्तै असोज १५ गते २ सय १६ र १६ गते १ सय ८७ उडान भएका थिए । यात्रुको चाप बढेपछि वायु सेवा कम्पनीले उडानलाई पूर्ण क्षमतामा चलाउनुका साथै केही ठाउँमा उडानसमेत थपेका छन् । बुद्ध एयरले भद्रपुर र जनकपुरमा उडान थप गरेर दैनिक उडान संख्या ७१ पुर्‍याएको छ । त्यस्तै यतीले दुई र श्री एयरलाइन्सले दुई गन्तव्यमा उडान थप गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement