दशैं आएसँगै पाल्पाका ग्रामीण बजारमा उपभोक्ताको भीड

आश्विन २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
दशैं आएसँगै पाल्पाका ग्रामीण बजारमा उपभोक्ताको भीड

पाल्पा । दशैंले पाल्पाको तानसेन, रामपुरलगायत ग्रामीण बजारमा पनि उपभोक्ताको भीड बढेको छ ।

दशैंलाई आवश्यक खाद्यान्न, नयाँ कपडा, उपहारका सामग्री, दैनिक उपभोग्य सामग्री लगायत अत्यावश्यक सामान किन्नेको घुँइचो लागेको हो ।

तानसेन, रामपुर लगायतका बजारमा सामान खरिद गर्न आउनेको भीड छ। सामान खरिदबिक्री बढी हुने र दशैं पर्वलाई आवश्यक सामाग्री बजारमा पाइने भएकाले केही दिनयता तानसेन र रामपुर साथै ग्रामीण बजारमा चहलपहल बढेको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement