राजश्व संकलनको लक्ष्य पूरा नगरे कोही सुरक्षित रहँदैन : अर्थमन्त्री

आश्विन २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजश्व संकलनको लक्ष्य पूरा नगरे कोही सुरक्षित रहँदैन : अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजस्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताउनुभएको छ । उहाँले राजस्व संकलनको लक्ष्य पूरा गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले लिएको राजस्व संकलनको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यालय प्रमुखहरु कोही पनि सुरक्षित नहुने बताउनुभएको हो । 

राजश्वको लक्ष्य जसरी पनि पूरा गर्नुपर्ने भएकाले करदाताहरुसँग मैत्रीपूर्ण व्यवहार गर्न उहाँले मातहतका निकायलाई निर्देशन दिनुभयो । उहाँले कर कार्यालयहरुमा सेवाग्राहीलाई गर्ने व्यवहारमा सुधार गर्न सुझाव दिनुभयो । मन्त्री पौडेलले कर्मचारीहरुलाई लगनशील भएर काम गर्न आग्रहसमेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement