काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से २५ अंकले घटेको छ ।
लगातार बढेर ३ हजारको बिन्दुमा पुगेको बजार पछिल्लो १४ कारोबार दिनमध्ये ८ दिन ठूलो अंकले घटेर २७ सय १ दशमलव नौ-शून्यमा झरेको छ । गत हप्ता १२ अंकले घटेर बन्द भएको बजार यो साताको पहिलो कारोबार दिनमा नै २५ दशमलब ४६ अंकको गिरावट आएको छ ।
आइतबार ३ सय ३८ कम्पनीको २ करोड २२ लाख कित्ता शेयर १ लाख १२ हजार पटक खरिद बिक्री हुँदा १० अर्ब १२ करोडको कारोबार भएको छ । आइतबार १ सय ५६ कम्पनीका शेयर लगानीकर्ताले गुमाएका छन् भने ८६ कम्पनीका शेयर लगानीकर्ताले कमाएका छन् ।
महिनाल लघुवित्त, सिर्जनशील लघुवित्त र मध्य सोलु जलविद्युत कम्पनीका शेयर लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । त्यस्तै थ्रिस्टार जलविद्युत कम्पनीका लगानीकर्ताले १० प्रतिशत र कुमारी इक्वीटी फण्डका लगानीकर्ताले ८ प्रतिशतले गुमाएका छन् ।