१२७.३२ अंकले बढ्‌यो नेप्से परिसूचक

भाद्र १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
१२७.३२ अंकले बढ्‌यो नेप्से परिसूचक

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज १२७.३२ अंक बढेर २८२३.२५ बिन्दुमा नेप्से पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २२.९४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ९.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ८.१८ अंक बढेको छ ।

सोमबार कारोबारमा आएका ३३५ कम्पनीको ३ करोड १४ लाख ३० हजार कित्ता शेयर १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबारको कारोबारमा साढे १० अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमा वित्त उपसमूहको परिसूचक ७.९४ प्रतिशत बढेको छ । त्यस्तै,जलविद्युत र लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, विकास बैंक, होटेल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

सोमबार कारोबारमा आएका १० भन्दा बढी कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेशनल हाइड्रोपावर, बेस्ट फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाई हाइड्रोपावर, दोल्टी पावर, समृद्धि फाइनान्स लगायतका कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

कारोबार रकमका आधारमा गुडविल फाइनान्सको ४६ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement