नेप्से ७८ दशमलव ३१ अंकले बढ्यो

भाद्र २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेप्से ७८ दशमलव ३१ अंकले बढ्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ७८ दशमलव ३१ अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन नेप्सेमा उच्च अंकले वृद्धि भएको हो ।

यो साता नेप्सेमा लगातार गिरावट आएको थियो । तर आज एकै दिन ७८ अंकले बढ्दा नेप्से परिसूचक २६ सय ८८.५३ बिन्दुमा पुगेको हो ।

यसअघि भदौ १८ गते नेप्से ६ दशमलव ९४ अंकले बढेको थियो । त्यसपछिका ७ कारोबार दिनपछि आज बजार उच्च अंकले उकालो लागेको हो । २२९ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको भने घट्यो ।

३ कम्पनीको मूल्य स्थिर रह्यो । आज कारोबार रकममा पनि केही सुधार देखिएको छ । कुल ३१८ कम्पनीको १ करोड ९४ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब १६ करोड ९२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement