अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने

भाद्र १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने

काठमाडौं । अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने भएको छ । अर्थ मन्त्रालयले ६० करोड ऋण लिने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको हो ।

दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नु पर्नेछ । चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानीअन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गर्न सहमति दिइएको हो ।

यो प्रस्ताव मन्त्रिपरिषद्‌बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रुपमा लगानी गर्नेछ । दुग्ध विकास संस्थानबाट दुधको भुक्तानी नपाएको भन्दै किसान आन्दोलित छन् । किसानलाई दुधको बाँकी रकम भुक्तानी गर्ने विषयमा अर्थ मन्त्रालय, कृषि मन्त्रालय र दुग्घ विकास संस्थाका अधिकारबीच पटकपटक छलफल भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement