निजी क्षेत्रलाई गुनासोबाट बाहिर निस्किन अर्थमन्त्री पौडेलको आग्रह

भाद्र १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
निजी क्षेत्रलाई गुनासोबाट बाहिर निस्किन अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि अझै केही अपुग भए त्यसका लागि पनि सरकार तयार रहेको बताउँदै निजी क्षेत्रलाई गुनासोबाट बाहिर निस्किन आग्रह गर्नुभएको छ ।

आर्थिक पत्रकार समाजको साधारण सभामा अर्थमन्त्री पौडेलले सरकारले नीजि क्षेत्रको गुनासो सुनेर समस्या सम्बोधन गरिरहेको बताउनुभयो । निजी क्षेत्रले पनि गुनासोको तहबाट बाहिर निस्किएर लगानी, उत्पादन, रोजगारीको क्षेत्रमा योगदान दिनुपर्ने उहाँको भनाइ छ ।

नीजि क्षेत्रका प्रतिनिधिहरुले पनि अर्थतन्त्रमा सुधारको संकेत देखिएको भन्दै लगानी बढाउन तयार रहेको बताए । तर अझै पनि केही समस्या बाँकी रहेको उनीहरुको दाबी छ ।

लगानीको वातावरण र निजी क्षेत्रलाई विश्वासमा लिन सरकार गम्भीर हुनुपर्ने सुझाव उनीहरुको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement