नेप्से परिसूचकमा आज सामान्य करेक्सन

श्रावण २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेप्से परिसूचकमा आज सामान्य करेक्सन

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक आज ८ दशमलव १८ अंकले घटेर २ हजार ९ सय २३ दशमलव ४६ अंकमा बन्द भएको छ । अघिल्ला कारोबार भएका चार दिनमा करिब २ सय ८० अंकले बढिसकेको नेप्सेमा आज सामान्य करेक्सन भएको हो ।

आज कारोबारमा आएकामध्ये ८० कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटाको घट्यो । बाँकी ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आज २ हजार ६ सय ६५ वटा कारोबारबाट ५ करोड २७ लाख ६४ हजार ८ सय ३२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बिमा, सामुहिक लगानी कोष र अन्यको परिसूचक घटे । बाँकी बैंकिङ, वित्त कम्पनी, लगानी, जीवन बिमा र व्यापार उपसमूहको परिसूचक बढे ।

निर्जीवन बिमाको परिसूचक सबैभन्दा धेरै १ सय ४५ दशमलव ६७ अंकले र सबैभन्दा कम सामूहिक लगानी कोषको ० दशमलव ०१ अंकले घटे । यस्तै जीवन बिमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ७९ दशमलव ७३ अंक र लगानीको सबैभन्दा कम ० दशमलव ०९ अंकले बढे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement