सेयर बजारमा भारी अंकको गिरावट, कारोबार रकम हालसम्मकै उच्च

श्रावण २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सेयर बजारमा भारी अंकको गिरावट, कारोबार रकम हालसम्मकै उच्च

काठमाडौं । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । 

आज नेप्से परिसूचक १४५.०५ अंकले घटेको हो । आज कारोबार रकम भने बढेको छ । मंगलबार हालसम्मकै उच्च कारोबार भएको हाे । आज २३ अर्ब ७१ करोड बराबरको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् सोमबार ४० दशमलव ७६ अंकले बढेर २७ सय ९६ दशमलब ३८ अंकमा पुगेको नेप्से आज १४५.०५ अंकले घटेर २६५१.३२ को विन्दुमा झरेको छ ।

आज कारोबार भएका ३ सय २६ कम्पनीमध्ये २ सय ७८ कम्पनीको मूल्य घट्दा ३० कम्पनीको मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement