जनक शिक्षा सामग्री केन्द्रद्वारा मधेश प्रदेशमा २० करोड बराबरका पाठ्यपुस्तक बिक्री

असार २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
जनक शिक्षा सामग्री केन्द्रद्वारा मधेश प्रदेशमा २० करोड बराबरका पाठ्यपुस्तक बिक्री

धनुषा । जनक शिक्षा सामग्री केन्द्रले मधेश प्रदेश र सो वरिपरिका क्षेत्रमा २० करोड बराबरको पाठ्य पुस्तक बिक्री वितरण गरेको छ ।

जनक शिक्षा सामग्रीको जनकपुरधाममा रहेको कार्यालयले जेठ मसान्त भित्रमा मधेश प्रदेशको सबै आठ जिल्लाका साथै ओखलढुङ्गा, खोटाङ, उदयपुर र सिन्धुली जिल्लामा गरी कक्षा ५ देखि १२ कक्षा सम्मका करिब २० करोड मूल्य बराबरको पाठ्य पुस्तक बिक्री वितरण गरेको हो । 

८१ वटा सूचीकृत पाठ्य पुस्तक बिक्रेता मार्फत २०८० चैत्र १३ देखि २०८१ जेठसम्ममा १५ लाख ५१ हजार थान पाठ्य पुस्तक बिक्री गरेको जनक शिक्षा सामग्रीले जनाएको छ । जनक शिक्षा सामग्रीको जनकपुरधाम कार्यालय सँग अझै  ४ लाख जति पाठ्य पुस्तक मौज्दात रहेको बताइएको छ । 

केन्द्रले भौगोलिक रूपमा दुर्गम रहेका जिल्लाहरुलाई पहिलो प्राथमिकता दिएर पाठ्य पुस्तक बिक्री वितरण गरिएको जनाएको छ । गत शैक्षिक सत्रमा जनकपुरधाम कार्यालयले २७ करोड ६० लाख बराबरको २१ लाख थान पाठ्य पुस्तक वितरण गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.