नेपाल-भारत अन्तरदेशीय भुक्तानी अब क्यूआरबाटै

असार १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल-भारत अन्तरदेशीय भुक्तानी अब क्यूआरबाटै

काठमाडौं । नेपाल-भारत अन्तरदेशीय भुक्तानी अब क्यूआर कोडमार्फत पनि हुने भएको छ । यसअघि कार्डबाट मात्रै भुक्तानी गर्न मिल्नेमा आजदेखि क्यूआर कोडमार्फत पनि भुक्तान गर्न सकिने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको हो ।

राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी स्विच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म रिटेल पेमेन्ट स्विचबाट भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको जनाएको छ ।

अब नेपालबाट भारतमा जानेहरुले क्यूआर कोडमार्फत सहजै भुक्तानी गर्न सक्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.