आव ०८१/८२ को बजेट : ९८ प्रतिशतमा विद्युत् पहुँच, सबै जिल्ला सडक सञ्जालमा जोडिए

आगामी आवलाई आर्थिक सुधारको वर्ष घोषणा
जेष्ठ १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
आव ०८१/८२ को बजेट : ९८ प्रतिशतमा विद्युत् पहुँच, सबै जिल्ला सडक सञ्जालमा जोडिए

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ९८ प्रतिशत जनतामा विद्युत् पहुँच पुगेको दाबी गर्नुभएको छ ।

संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०८१/८२ को बजेटका प्रस्तुत गर्दै उहाँले यस्तो जनाउनुभएको हो । उहाँले सबै जिल्ला सडक सञ्जालमा जोडिएको पनि बताउनुभयो । उहाँले देशभर वाणिज्य बैंकका पाँच हजार ४२ वटा शाखा सञ्चालनमा रहेको पनि जनाउनुभएको छ ।

संघीय संसद्‌को संयुक्त बैठकमा उहाँले आर्थिक वर्षको राजस्वको आय र व्ययको प्रतिवेदन पेस गर्नुभएको छ । उहाँले नयाँ चरणको आर्थिक सुधार आवश्यक देखिएको भन्दै आगामी आवलाई आर्थिक सुधारको वर्ष घोषणासमेत गर्नुभएको छ ।

यो पनि...

संसद्‌को संयुक्त बैठकमा अर्थमन्त्रीद्वारा आव ०८१/८२ को बजेट प्रस्तुत


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.