काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा अहिले अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष ०८१/८२ को बजेटका प्रस्तुत गरिरहनुभएको छ ।
बैठकमा अर्थमन्त्री पुनले आर्थिक वर्षको राजस्व र व्ययको प्रतिवेदन पेस गरिरहनुभएको छ । आज झन्डै १९ खर्ब हाराहारीको बजेट आउँदै छ । १६औँ योजनाले लिएका उत्पादन र रोजगारी वृद्धिको लक्ष्यमै बजेट केन्द्रित छ ।
संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार अर्थमन्त्रीले बजेट प्रस्तुत गरिसकेपछि संयुक्त बैठक स्थगित हुनेछ ।
आजै प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्नेछ ।
यसअघि सरकारले विपक्षी दलको अवरोधका बीच नीति तथा कार्यक्रम सदनबाट पारित गराएको थियो ।