चार वर्ष अघि सुरु गरिएको एकलविन्दु सेवा केन्द्र अझै अलपत्र

वैशाख ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
चार वर्ष अघि सुरु गरिएको एकलविन्दु सेवा केन्द्र अझै अलपत्र

काठमाडौं । लगानीकर्तालाई एकै स्थानबाट सम्पूर्ण सेवा दिने र फाइल घुमाउँदै हिँड्न नपरोस् भनेर ४ वर्षअघि स्थापना भएको एकलविन्दु सेवा केन्द्र नै अलपत्र परेको छ ।

एकलविन्दु सेवा केन्द्रबाटै सबै काम सकिनुपर्नेमा सेवा केन्द्रले पूर्णकालीन कर्मचारीसमेत पाउन सकेको छैन । छिटो र छरितो रुपमा उद्योग दर्ताका सम्पूर्ण प्रकृया पूरा गर्न भन्दै २०७६ जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्र सञ्चालनमा ल्याइएको थियो ।

केन्द्रमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, वन, भूमि, वाणिज्य अध्यागमन लगायत १४ वटा निकायको युनिट रहने व्यवस्था छ । तर अहिले पनि राष्ट्र बैंक बाहेक अन्य निकायले पूर्णकालिन कर्मचारी खटाएका छैनन्। जसका कारण यसले परिकल्पना अनुसार काम गर्न सकेको छैन ।

सरकारले बडो चर्चाका साथ स्थापना गरेको एकल बिन्दु सेवा केन्द्रले उद्योग दर्तादेखि नाफा बाहिर लानेसम्मका सम्पूर्ण काम एउटै छानामुनी गर्ने भनिएको थियो । तर, यही निकाय लगानीकर्ताका लागि धाउनु पर्ने एक अर्को निकाय बनेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement