जुफाल विमानस्थलको धावनमार्ग निर्माण सकियो, भोलिदेखि उडान

वैशाख १, २०८१ |सरोज थापा
जुफाल विमानस्थलको धावनमार्ग निर्माण सकियो, भोलिदेखि उडान

डोल्पा । डोल्पाको जुफाल विमानस्थल मर्मत सम्पन्न भएको छ । धावनमार्ग सुधार आयोजना प्रमुख वीरप्रसाद शाहीले धावनमार्गको मर्मत गत चैत २९ गते सकिएको जानकारी दिए । उनका अनुसार अब विमानस्थल जहाज उडान गर्न योग्य भएको छ ।

५६० मिटरमध्ये १३० मिटर धावनमार्ग सुधारका लागि आजीवन मरिङ तामाङ जेभीले ठेक्का पाएकामा तोकिएको मितिअगावै काम पूरा गरेको शाहीको भनाइ छ । मर्मतका लागि फागुन १५ देखि बन्द गरिएको जुफाल विमानस्थलमा भोलिदेखि नियमित उडानको तयारी छ ।

पहिले कालोपत्रे मात्रै गरिएको धावनमार्गमा यसपटक भने १३० मिटर आरसीसी ढलान गरेर मर्मत सुधार गरिएको हो ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।