साबिकको सेन्चुरी बैंकका ११ जना कर्मचारीको पक्राउप्रति बैंकरहरुले जनाए आपत्ति

फाल्गुन १६, २०८० |कान्तिपुर टीभी संवाददाता
साबिकको सेन्चुरी बैंकका ११ जना कर्मचारीको पक्राउप्रति बैंकरहरुले जनाए आपत्ति

काठमाडौं । धितोले थाम्नेभन्दा बढी ऋण दिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार साबिकको सेन्चुरी कमर्सियल बैंकका ११ जना कर्मचारीलाई पक्राउ  गरेपछि बैंकरहरुले आपत्ति जनाएका छन् । 

आफूहरूले राष्ट्र बैंकका निर्देशन बमोजिम नै ऋण प्रवाह गरेकाको भए पनि मंगलबारको पक्राउपछि बैंकिङ्ग क्षेत्र आतंकित बनेको उनीहरूको भनाइ छ ।

बुधबार वाणिज्य बैंक, विकास बैंक फाइनान्स र लघुवित्तका सीईओहरुको संगठनले प्रेस विज्ञप्ति जारी गर्दै पहिला अध्ययन पछि मात्रै पक्राउ गर्न सरकारलाई सुझाव दिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.