सुरु भयो सुपारी सिजन, उत्पादन र मूल्य बढ्दा किसान उत्साही

फाल्गुन ३, २०८० |कान्तिपुर टीभी संवाददाता
सुरु भयो सुपारी सिजन, उत्पादन र मूल्य बढ्दा किसान उत्साही

झापा । पूर्वी तराईमा काँचो सुपारीको सिजन सुरु भएको छ । गत वर्षको भन्दा उत्पादन र मूल्य दुवै बढेपछि झापा, मोरङ, सुनसरी र इलामका किसान उत्साहित भएका छन् ।

गत वर्षको भन्दा यस वर्ष काँचो सुपारीको मूल्य डेढ गुणाले बढेको छ । गत वर्ष सिजनको सुरुवातमा किलोको ३० देखि ३५ रुपैयाँ मूल्य रहेकामा यो वर्ष ५० रुपैयाँ हाराहारीबाट मूल्य सुरु भएको बुधबारे झापाका किसान खिवनाथ गौतम बताउँछन् ।

उत्पादन वृद्धि, प्रशोधन र बजारीकरण प्रवर्द्धन गर्न झापामा ८ सय हेक्टरलाई सरकारले सुपारी जोन घोषणा गरेको छ । जसबाट वार्षिक १० हजार पाँच सय टनभन्दा बढी सुपारी उत्पादन हुने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.