सौर्य विद्युत उत्पादक संघको अध्यक्षमा पराजुली र महासचिवमा गौतम

पुस २४, २०८० |कान्तिपुर टीभी संवाददाता
सौर्य विद्युत उत्पादक संघको अध्यक्षमा पराजुली र महासचिवमा गौतम

काठमाडौं । नेपाल सौर्य विद्युत उत्पादक संघ (सिमन) को अध्यक्षमा कृष्णप्रसाद पराजुली अध्यक्षमा निर्वाचित भएका छन् । संघको चितवनको सौराहामा आइतबार समपन्न २३औं साधारणसभाबाट सौर्य इनर्जी प्रा.लि.का प्रबन्ध निर्देशक पराजुलीको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा क्वालिटी रिन्युएबल इनर्जी नेपाल प्रालिका प्रबन्ध निर्देशक हरिनारायण गौतम, प्रथम उपाध्यक्षमा ब्राइट भिजन इनर्जी प्रालिका प्रबन्ध निर्देशक ओम बहादुर खत्री, द्वितीय उपाध्यक्षमा सौर्य उर्जा नेपाल प्रालिका निर्देशक दिपेन्द्रप्रसाद सिटौला सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको महासचिवमा स्काई सन इनर्जी कम्पनी प्रालिका दिपक गौतम, सचिवमा स्मार्ट सोलार प्रालिका सुदर्शन बानियाँ र कोषाध्यक्षमा पिकसन इनर्जी एण्ड इन्भेस्टमेन्ट प्रालिका राजकुमार क्षेत्री चयन भएका छन् ।

संघको सदस्यमा इनर्जी एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालिका राजेन्द्रबहादुर खड्का, उज्यालो उर्जा प्रालिका ज्ञानु शाह, सोलार कन्स्ट्रसक्न एण्ड इनर्जी प्रालिका बुद्धिराज तिमल्सिना, सनसेफ सोलार एण्ड इन्भेस्टमेन्ट प्रालिका भानुभक्त पौड्याल, अन्नपूर्ण सोलार प्रालिका रामप्रसाद कोइराला, उर्जा घर प्रालिका रामेश्वर वाग्ले र ग्रिनटेक प्रोजेक्ट प्रालिका भरत नेपाल निर्वाचित भएको महासचिव गौतमले बताए । संघमा निवर्तमान अध्यक्ष प्रकाश विक्रम वस्नेत पदेन सदस्य रहने व्यवस्था छ ।

सौर्य विद्युत उत्पादक संघ सौर्य उर्जाको क्षेत्रमा काम गर्ने निजी क्षेत्रको साझा संस्था हो । यस संस्थामा देशभरका ९७ वटा सदस्य कम्पनी आबद्ध रहेका छन् । साधारण सभाको उदघाट्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर वस्नेतले गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.