अर्थतन्त्र चलायमान बनाउन सरकारलाई निजी क्षेत्रको सुझाव

मंसिर ५, २०८० |कान्तिपुर टीभी संवाददाता
अर्थतन्त्र चलायमान बनाउन सरकारलाई निजी क्षेत्रको सुझाव

काठमाडौं । निजी क्षेत्रले सरकारी खर्च बढाएर अर्थतन्त्र चलायमान बनाउन सरकारलाई सुझाव दिएको छ । 

आज प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले सरकारले पुँजीगत खर्च गर्न नसकेकै कारण निर्माण उद्योग थला परेको बताए ।

छलफलमा सहभागी निजी क्षेत्रका अगुवाहरूले बैंकबाट लिएको ऋण नतिर्न अदृश्य रुपमा जारी भएका उर्दी, व्यवसायीप्रति भएका प्रहार तथा सरकारको वित्त नीति र मौद्रिक नीतिबीच तालमेल नहुँदा अर्थतन्त्रमा नै समस्या आएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

जवाफमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रका बाह्यसूचकमा प्रगति भए पनि अझै दबाबमुक्त नभएको भन्दै सरकारले अर्थतन्त्र चलायमान बनाउने उपाय खोजिरहेको बताएका थिए । 

अर्थतन्त्र दबाबमा रहँदा पनि सरकार मूकदर्शक जस्तै बनेको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले सरोकारवालासँग छलफल गरेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.