कोरियाली संस्थाले नेपालको सीप विकासका कार्यक्रममा सहयोग गर्ने

कार्तिक २३, २०८० |कान्तिपुर टीभी संवाददाता
कोरियाली संस्थाले नेपालको सीप विकासका कार्यक्रममा सहयोग गर्ने

काठमाडौं । श्रम मन्त्रालय मातहतको व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र दक्षिण कोरियाको ग्लोबल इन्स्टिच्युट फर ट्रान्सफरिङ स्किल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी अनुसार कोरियाली संस्थाले नेपालमा सीप विकासका कार्यक्रममा सहयोग गर्ने छ । त्यस्तै कोरियाबाट फर्किएका श्रमिकका लागि पुनर्स्थापनाको कार्ययोजना बनाउन सहयोग गर्ने सरकारी अधिकारीले बताएका छन् । यो सम्झौताले नेपाली श्रमिकको क्षमता विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

ईपीएस प्रणालीअन्तर्गत सन् २००७ बाटै सरकारी तवरमा नेपाली श्रमिक कोरिया जाने गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.