नेपालमा पहिलो पटक ‘एडभेन्चर एक्स्पो’

आश्विन ८, २०८० |भरत रावल
नेपालमा पहिलो पटक ‘एडभेन्चर एक्स्पो’

काठमाडौं । पर्यटकलाई आकर्षित गर्न भन्दै काठमाडौंको दरबारमार्गमा पहिलो पटक नेपाल एडभेन्चर्स एक्स्पो गरिएको छ । एउटै छानामुनि साहसिक पर्यटकीय गन्तव्यबारे जानकारी दिने र आवश्यक सामग्रीको बिक्री प्रवर्द्धन गर्न निजी क्षेत्रको पहलमा मेला गरिएको हो ।

नेपाल एडभेन्चर्स टुरिजम अर्थात् शाहसिक पर्यटकका लागि विश्वमै प्रख्यात छ । साहसिक पर्यटनमा ट्रेकिङ, पर्वतारोहण, र्‍याफ्टिङ, बन्जी, जिपलाइन, रक क्लाइमिङ, क्यानोनिङ, स्काइडाइभ, प्याराग्लाईडिङ जस्ता विधा छन् ।

स्वदेशी र विदेशी गरी बर्सेनि लाखौं पर्यटकले नेपालको साहसीक पर्यटनको आनन्द लिने गरेका छन् । तर यी क्षेत्रमा प्रयोग हुने सामग्री र साहसिक पर्यटकले अपनाउनुपर्ने सावधानीको विषयमा जानकारी दिन एक्स्पो गरिएको हो ।नेपाल एडभेन्चर्स एक्पो आयोजक अजय राणा भन्छन्, ‘एडभेन्ट पर्यटकलले सावधानी लगायत प्राथमिक उपाचर के–के का बारेमा जानकारी पाउँनु पर्ने हो त्यसैको बारेमा बुझाउन यो एक्सो आयोजना गरिएको हो ।’

एक्स्पोमा ७७ ब्रान्डका सामग्री राखिएका थिए । यसले विदेशबाट आउने पर्यटकलाई नेपालमै साहसीय पर्यटनका लागि चाहिने आवश्यक सामग्री उपलब्ध छन् भन्ने सन्देश गएको व्यवसायी बताउँछन् ।

व्यवसायी सुनिता थापा भन्छिन्, ‘ नेपाल आउँने पर्यटकले साहसिक गतिविधिका लागि आवश्यक सामाग्री जसले लिएर आउनु हुँदैन उहाँहरुका लागि हामीसँग उच्च क्वालिटीका सामाग्री पाउनुहुन्छ भनेर जानकारी दिन पनि यसले सहयोग गर्छ ।’

नेपालले आवश्यक मात्रामा साहासिक पर्यटनको प्रचार र व्यवस्थापन नपाइरहेकझ अवस्गा यस्ता एक्पोकै आवश्यक रहेको जानकारहरु बताउँछन् । सरकारले अपनत्व लिएर यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने जानकार नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी भनाइ छ ।

पूर्वप्रमुख कार्यकारी अधिकृत जोशी भन्छन्, ‘नेपाल साहासिक पर्यटनका लागि एकदमै परिचित छ । तर नेपालले अपनत्व लिएको देखिँदैन । यसका कार्यक्रमले केही सहयो अवश्य गर्छ । निरन्तरताको कामना गर्छु ।’

एक्स्पोमा स्वदेशी हस्तकलादेखि चर्चित विदेशी व्राण्डका सामान राखिएको थियो । मेलामा आउनेहरुलाई साहसीय पर्यटनबारे आवश्यक शिक्षासमेत दिइएको थियो ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।