मन्त्रालय, संवैधानिक आयोग र सरकारी निकायको बेरुजु सम्परीक्षण गर्न ९ उपसमिति गठन

भाद्र ३१, २०८० |कान्तिपुर टीभी संवाददाता
मन्त्रालय, संवैधानिक आयोग र सरकारी निकायको बेरुजु सम्परीक्षण गर्न ९ उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले विभिन्न मन्त्रालय, संवैधानिक आयोग र सरकारी निकायको बेरुजु सम्परीक्षण गर्न ९ वटा उपसमिति गठन गरेको छ ।

आइतबार बसेको समितिको बैठकले बेरुजु सम्परीक्षणका लागि ९ वटा उपसमिति गठन गरेको हो । महालेखापरीक्षकको कार्यालयले फर्छ्योट हुन नसक्ने भनेर लेखी पठाएको अवस्थामा संसदीय समितिले सम्परीक्षण गरेर असुल उपर गर्ने विषयमा उपसमितिहरूले अध्ययन गर्नेछन् ।

गठन गरिएका सबै उपसिमितले तत्काल छलफल गर्ने र काम सुरु गर्ने जनाइएको छ ।

Enter Kantipur TV HD
Advertisement