पहिरोको जोखिममा ‘हाइटेन्सन लाइनका टावर’

भाद्र ७, २०८० |घनश्याम खड्का
पहिरोको जोखिममा ‘हाइटेन्सन लाइनका टावर’

म्याग्दी । म्याग्दीको दाना सबस्टेसनदेखि पर्वतको कुस्मा खुर्कोट सबस्टेसन जोड्ने २२० केभीए प्रसारण लाइनको अन्नपूर्ण गाउँपालिका, ३ दानाको गुइँठे, सुवा र खामभित्ता क्षेत्रमा रहेका हाइटेन्सन लाइनका टावरहरु पहिरोको जोखिममा परेका छन् ।

गुइँठे भिरको डिलमा रहेको ५५/० नम्बरको टावरबाट पहिरो झर्न थालेपछि प्लास्टिकले पहिरो छोपेर टावर जोगाउने प्रयास गरिएको छ । यस्तै सुवा गाउँमा पर्ने ५४/० नम्बरको टावरको एउटा खुट्टा पहिरोले लच्केको छ ।

अन्य तीनवटा टावर पनि पहिरोको जोखिममा छन् । दाना-कुस्मासम्मको ४२ किमि खण्डका ११४ टावरमध्ये १६ वटा नदी कटान र पहिरोको उच्च जोखिममा छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महभिर स्थित ३९/बी, ४१/बी धिरच्याङ र दाना सबस्टेसनमा रहेका ५१/० र ५२/० नम्बरका टावर कालीगण्डकी नदी कटानले उच्च जोखिममा परेका छन् ।


Image

घनश्याम खड्का

खड्का म्याग्दीका कान्तिपुर टीभी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement