सुन २ सयले बढ्यो, चाँदी स्थिर

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
सुन २ सयले बढ्यो, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । यसैगरी चाँदीको मूल्य भने बुधबार नेपाली बजारमा स्थिर छ ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको थियो । आज (बुधबार) भने प्रतितोला दुई सय रुपैयाँले बढेको हो । नेपाली बजारमा बुधबार छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढ्दै एक लाख १२ हजार ७०० रुपैयाँ कायम छ । हिजो (मंगलबार) एक लाख १२ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन पनि बुधबार प्रतितोला दुई सय रुपैयाँले बढेको छ । मंगलबार एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार बुधबार चाँदीको भाउ भने स्थिर छ । अघिल्लो दिन अर्थात् मंगलबार चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भएको थियो । आज (बुधबार) पनि चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमै कारोबार भएको छ । महासंघका अनुसार अस्ति सोमबार भने चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement