काठमाडौं । यातायात व्यवस्था विभागले लामो दूरीको भाडा घटाएको छ । हिजो (मंगलबार) मात्र नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ घटाएसँगै आज (बुधबार) देखि लागु हुने गरी यात्रुवाहक र मालवाहक सार्वजनिक सवारीसाधनको भाडा घटाइएको हो ।
विभागका अनुसार यात्रुवाहक सवारीसाधनमा ३.२ प्रतिशतले भाडा घटेको हो । यस्तै मालवाहक सार्वजनिक सवारीको भाडामा पहाडी बाटोमा सञ्चालन हुनेको ४.१९ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुनेमा ४.६५ प्रतिशत भाडा घटाइएको हो ।
डिजेल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँले घट्यो
यस्तो छ सार्वजनिक यातायातको नयाँ भाडा सूची :