गुगल पनि दर्ता भयो नेपालको कर प्रणालीमा

वैशाख ८, २०८० |कान्तिपुर टीभी संवाददाता
गुगल पनि दर्ता भयो नेपालको कर प्रणालीमा

काठमाडौं । विश्व बजारको प्राविधिक दिग्गज कम्पनी ‘गुगल एलएलसी’ पनि नेपालको कर प्रणालीमा दर्ता भएको छ । 

गुगल चालु आर्थिक वर्ष २०७९/८० को विद्युतीय सेवा कर तिर्ने गरी आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा दर्ता भएको हो । विभागले जनाएअनुसार अब गुगलले नेपालमा उपलब्ध गराउने विभिन्न सेवा र उत्पादनको विद्युतीय सेवा करअनुसार नै कर तिर्ने गरी दर्ता भएको हो ।

सिङ्गापुरस्थित क्षेत्रीय कार्यालयका नाममा गुगल नेपालमा दर्ता भएको हो । सरकारले आर्थिक वर्ष २०७९/८० देखि गैर बासिन्दा व्यक्तिले पनि नेपालका उपभक्तलाई उपलब्ध गराइने विद्युतीय सेवा बापतको कारोबार मूल्यमा २ प्रतिशतका दरले कर तिर्नु पर्ने व्यवस्था लागू गरेको छ । 

गुगलले सोही अनुसार नेपालका उपभोक्तालाई सेवा प्रदान गरेर कमाएको कुल रकमको दुई प्रतिशत नेपालमा बुझाउनु पर्ने छ तर नेपालबाट गुगलले वार्षिक कति आम्दानी गर्छ भन्ने आधिकारिक तथ्याङ्क भने सरकारसँग छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement