चिनियाँ कम्पनी सिनो हाइड्रोको आर्थिक प्रस्ताव रद्द

चैत्र १७, २०७९ |कान्तिपुर टीभी संवाददाता
चिनियाँ कम्पनी सिनो हाइड्रोको आर्थिक प्रस्ताव रद्द

काठमाडौं । तामाकोशी पाँचौं जलविद्युत् आयोजनाको सिभिल र हाइड्रो मेकानिकल संरचना निर्माणका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोको आर्थिक प्रस्ताव रद्द भएको छ ।

दोलखामा निर्माण हुने ९९ सय दशमलव ४ मेगावाट क्षमताको परियोजनाको गत फागुन १६ गते खोलिएको प्राविधिक प्रस्तावमा चिनियाँ कम्पनी सिनो हाइड्रोले कम लागत कबोल गरेको थियो ।

तर लागतभन्दा बढी दररेटमा कबोल गरेको भन्दै आर्थिक प्रस्ताव मूल्यांकन कमिटीले सिनो हाइड्रोको प्रस्ताव रद्द गरेको हो । सिनोको प्रस्ताव रद्द भएसँगै पुनः बोलपत्र आह्‌वान भएको छ । आयोजना निमार्णका लागि १८ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.