अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट महँगो, नेपालको पर्यटन क्षेत्रमा प्रभाव

चैत्र ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट महँगो, नेपालको पर्यटन क्षेत्रमा प्रभाव

काठमाडौं । नेपाल उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुको टिकट महँगो हुँदा नेपालको पर्यटन व्यवसाय प्रभावित भएको छ ।

विदेशी वायुसेवा कम्पनीहरुले कोरोना महामारीअघि सन् २०१९ को तुलनामा टिकटमा ५० प्रतिशत मूल्यवृद्धि गरेका छन् । पर्यटन क्षेत्र लयमा र्फकने क्रममा रहे पनि टिकट अझै सस्तो नहुँदा अपेक्षित पर्यटक भित्रिन नसकेको पर्यटन व्यवसायीको गुनासो छ ।

सन् २०१९ मा कतार एयरलायन्सको दोहा-काठमाडौंको एकतर्फी टिकटको मूल्य औसत ३५ हजार रुपैयाँ रहेकामा अहिले ५५ देखि ६० हजार हाराहारी छ । अन्तर्राष्ट्रिय एयरलाइन्सको टिकटमा हस्तक्षेप गर्न नेपाल वायुसेवा कम्पनीको क्षमता विस्तार गर्नुपर्ने भए पनि बिजनेस प्लान नबनाउँदा नसकिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ ।

नेपालमा अहिले विभिन्न देशका २६ वटा एयरलाइन्स कम्पनीले उडान गरिरहेका छन् । नेपाल वायुसेवा निगम भने दुई वटा वाईडबडी र २ वटा न्यारोबडीमार्फत ८ देशमा मात्र सीमित छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.