सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढ्यो

चैत्र ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ वृद्धि भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँ कायम गरिएको थियो ।

तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँ पुगेको छ । बुधबार एक लाख सात हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यही चैत ५ गते प्रतितोला एक लाख दश हजार रुपैयाँ पुगेको सुनको मूल्यले हालसम्मकै उच्चबिन्दुमा पुगेर रेकर्ड कायम गरेको थियो । त्यसयता केही दिन ओरोलो लागेको मूल्य आज फेरि उकालो लागेको हो ।

यस्तै चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँमा किनेबेच भइरहेको महासंघले जनाएको छ । बुधबार तोलाको एक हजार ३३५ रुपैयाँ कायम गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.