
विराटनगर । विराटनगरमा रहेको आरोहण गुरूकुल सुशीला कोइराला नाटकघरमा ‘लौ आयो ताजा खबर’ नाटक मञ्चन गरिएको छ ।
सुरेन्द्र नकर्मीद्वारा लिखित कक्षा ११ को अनिवार्य नेपाली विषमा समावेश नाटक मञ्चन गरिएको हो । सामाजिक चेतना र समसामयिक विषयवस्तुमा आधारित यस नाटकले दर्शकको ध्यान तान्न सफल भएको छ।
विद्यार्थीहरूका लागि शैक्षिक दृष्टिले महत्वपूर्ण मानिने यस नाटकलाई रङ्गमञ्चमा उतारेर समाजमा व्याप्त लागूऔषधको भयावह अवस्थालाई चित्रण गरिएको छ ।