पद्मश्री साहित्य पुरस्कारका लागि १५ उत्कृष्ट पुस्तकको सूची सार्वजनिक

असार १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
पद्मश्री साहित्य पुरस्कारका लागि १५ उत्कृष्ट पुस्तकको सूची सार्वजनिक

काठमाडौं । पद्मश्री साहित्य पुरस्कार– २०८१का लागि पहिलो चरणको उत्कृष्ट पुस्तकको सूची सार्वजनिक भएको छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले वर्षभरि प्रकाशित भएर उपलब्ध भएका दुई सय तीन पुस्तकबाट उत्कृष्ट १५ पुस्तको पहिलो चरणको सूची सार्वजनिक गरेको हो ।

सूचीमा शैलेन्द्र अधिकारीको अर्हत, छुदेन काविमोको उरमाल, रमेश क्षितिजको एउटा मायी नगरमा, रमेश भुसालको छालबाटो, भवानी खतिवडाको प्रणाम सगरमाथा, पञ्चम अधिकारीको प्रवासीको देश हुन्न र दिनेश अधिकारीको पानीको परेड रहेको छ । 

यसैगरि श्रेयज सुवेदीको बहुरुपी, टंक चौलागाइको रुदाने, सरस्वती प्रतीक्षाको स्व, हेम प्रभासको साँझमा सेल्फी, श्रीधर खनालको सावर्णि, वसन्त वस्नेतको सिमसारा, हेमन्त मिश्रको श्री ५ को सेवामा र तीर्थ गुरुङको हिउँको गीत पनि सूचीमा परेको छ ।

यो सुचीबाट समितिले आगामी महिना पाँचवटा पुस्तकको उत्कृष्ट संक्षिप्त सुची चयन गर्नेछ । र त्यसपछि फेरि पुरस्कारका लागि छनौट गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताउनुभयो । नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक बर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गरिंदै आएको छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.