फेस अफ एसवाई-२०८२ व्राण्ड एम्वेसडर हन्ट सुरू, दुई करोड बढी राशी पुरस्कारको व्यवस्था

असार १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
फेस अफ एसवाई-२०८२ व्राण्ड एम्वेसडर हन्ट सुरू, दुई करोड बढी राशी पुरस्कारको व्यवस्था

काठमाडौं । एसवाई इन्टरटेन्टमेन्ट प्रालि तीनकुने काठमाडौंको आयोजनामा फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) सुरू भएको छ ।

आयोजक एसवाई बजार नेपालले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कुल दुई करोड बढी राशी पुरस्कारको व्यवस्था भएको यो नेपालकै पहिलो ठूलो व्राण्ड एम्वेसडर हन्ट भएको दाबी गरेको छ ।

पत्रकार सम्मेलनमा आयोजक एसवाई बजार नेपालका निर्देशक विमलराज गोसाईले नेपालकै सबैभन्दा धेरै पुरस्कार पाउने भनिएको मिस नेपालमा २०/२५ लाखको पुरस्कार व्यवस्था भएको तर आफूहरूले गर्न लागेको प्रतियोगितामा कुल मिलाएर दुई करोड बढी रहेको जानकारी गराउनुभयो ।

पब्लिकले नपत्याउने भएकाले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको उहाँको भनाइ थियो । बजारमा चलेका सेलिब्रेटीलाई नभइ देशभरका गाउँंघरमा लुकेर बसेको प्रतिभालाई पहिचान गरी भुइँमान्छेलाई ब्राण्ड एम्वेसडर बनाउन खोजिएको यो नेपालकै पहिलो पाइला भएको दाबी उहाँले गर्नुभयो ।

कार्यक्रमअन्तर्गत कम्पनीको व्रान्ड एम्वेसडरहरू छनोट गरिने छन् । कार्यक्रमबाट प्रतिस्पर्धामार्फत कम्पनीका लागि मुख्य तीन जना ब्राण्ड एम्वेसडरहरू छनोट गरिने छन् । यस योजना अनुसार महिला पुरूष दुवैले प्रतिस्पर्धामा सहभागी भइ छनोट हुने अवसर पाउन सक्नेछन् ।

कार्यक्रम कार्यक्रम सुरू भइसकेको जनाइएको छ । कार्यक्रम जनवरी ३१, २०२६ सम्म चल्ने जनाइएको छ । कार्यक्रम चरणबद्ध रूपमा हुनेछ । पहिलो चरण जुन १ बाट सप्टेम्बरको ३० तारिखसम्म चल्नेछ । पहिलो चरणमा भाग लिन एसवाई थिममा एउटा भिडियो बनाउनुपर्ने छ ।

पहिलो चरणबाट उत्कृष्ट पाँंच सय जनालाई छनोट गरिनेछ । र साथै हातै खाली नहुने गरी छनोट भएका पाँंच सय जनालाई नै दुई हजार बराबरको एसवाई बजारको सपिंग भौचर प्रदान गरिने जनाइएको छ ।

पहिलो चरणबाट छनोटमा पर्न सफल उत्कृष्ट एक सय ५० जनालाई दोस्रो चरणमा लगिने छ । त्यसमध्येबाट उत्कृष्ट ५० जनालाई १० हजार बराबरको एसवाई बजारको सपिंग भौचर प्रदान गरिने छ ।

दोश्रो चरणबाट छनोट भएका उत्कृष्ट २५ जनालाई फाइनलमा लगिनेछ । फाइनल अडिसन काठमाडौंमा हुनेछ । यो चरण सन् २०२६ जन १ देखि जनवरी ३१ तरिखमा चल्ने छ ।

अन्तिम उत्कृष्ट छनोट भएका २५ जनालाई तालिमसमेत दिइनेछ । साथै परीक्षण पनि विभिन्न चरणमा हुने छन् । फाइनल स्टेजमा उत्रने २५ जनामध्येबाट टाइटल विनर फेस अफ एसवाई छनोट हुनेछ । त्ससपछि फष्ट रनर अप, सेकेण्ड रनर अप छनोट हुने छन् ।

पत्रकार सम्मलेनमा कार्यक्रम संयोजक विजय वस्नेतले टाइटल विनरलाई नगद रू ५ लाख पुरस्कारका साथै एक करोड बराबरको एक वर्षको कन्ट्याक्ट गरिनेछ । यसमा शर्तहरु लागू हुने छन् । साथै करकटी गरी रकम प्रदान गरिने छ ।

प्रतियोगिताबाट उत्कृष्ट फष्ट रनर अपलाई चार लाख नगद पुरस्कार दिइने छ । उनीसँंग ५० लाख बराबरको कन्ट्याक्ट गरिने छ । सेकेण्ड रनर अपलाई तीन लाख नगद पुरस्कारका साथै उनीसँंग ३० लाख बराबरको कन्ट्याक्ट हुनेछ ।

त्यसपछि बाँंकी उत्कृष्ट सात जनालाई पपुल्यारिटी अवार्डमा दिइनेछ र उनीहरूलाई प्रति व्यक्ति डेढ/डेढ लाख (एक लाख ५० हजार) रकम दिइने छ । यस हिसाबले यो प्रतियोगितामा पुरस्कारको कुल खर्च मात्रै दुई करोड बढी जानेछ ।

प्रतियोगितामा सहभागीहरूको मूल्यांकनको आधार फरक-फरक हुने छन् । पहिलो चरणको मूल्यांकनको आधार लाइकमा १० प्रतिशत, कमेन्टमा २० प्रतिशत, शेयरमा २० प्रतिशत र क्रियटिभिटीमा ५० प्रतिशत हुने छ । 

दोश्रो चरणमा पनि लाइक कमेन्ट उही र जुरी (गेष्ट)ले ५० प्रतिशत अंक दिने छन् । अन्तिम चरणको मूल्यांकनको आधार भने एसएनएस (सोसियल नेटवर्किंग सर्भिस्) बाट ३० प्रतिशत र जजबाट ७० प्रतिशत अंक दिइनेछ ।

पहिलो र दोश्रो चरण भिडियोमार्फत डिजिटल अडिसन गरिने जनाइएको छ । त्यसपछिको फाइनल चरणमा भने फिजिकल (भोतिक अर्थात् प्रत्यक्ष) उपस्थित अडिसनमाफत् हुनेछ ।

प्रतियोगिामा जुनसुकै उमेर समूहका महिला पुरूषले सहभागिता जनाउन पाउने छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.