काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोध र अवरोधका बीच सभामुख देवराज घिमिरेले आजको प्रतिनिधि सभा बैठकको कार्यसूची अघि बढाउनुभएको छ ।
सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । सभामुखले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न समय दिनुभयो । उहाँले प्रतिनिधि सभा बैठक जबर्जस्ती सञ्चालन नगर्न सभामुखलाई आग्रह गर्नुभयो ।
त्यसपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन गर्न माग गर्नुभयो ।
सभामुखले आर्थिक वर्ष २०८२/८३ को राजस्व व्ययको वाषिर्क अनुमानमाथिको छलफलमा दलीय आधारमा सांसदलाई बोल्न दिनुभएको छ ।
तर रास्वपाले वेल घेराउ गर्दै नाराबाजी जारी राखेको छ । रास्वपा सांसदले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र मानव तस्करी बन्द गर्नुपर्ने नारा लगाइरहेका छन् ।