काठमाडौं । उद्यमी तथा बुद्ध एयरका अध्यक्ष तथा सञ्चालक विरेन्द्रबहादुर बस्नेतले हवाइ उड्ययन सञ्चालन गर्दाको यात्रा अनुभवलाई समेटेर ‘बाई द बुक’ पुस्तक सार्वजनिक गर्नुभएको छ ।
ललितपुरमा आज एक कार्यक्रम गरी उद्यमी तथा बुद्ध एयरका अध्यक्ष बस्नेतले बुद्ध एयरको प्रेणादायी यात्रालाई समेटेर लेखेको पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तक विमोचन कार्यक्रममा बस्नेतले आफूले बुद्ध एयर सञ्चालन गर्दाका सुरूवातीका दिनदेखि देशकै निजीक्षेत्रका अग्रणी विमान सेवा कम्पनीसम्मको यात्रादेखि त्यसबेला गरिएको संघर्ष र इमान्दारीतालाई पुस्तकमा समेटिएको बताउनुभयो ।