वरिष्ठ गीतकार विश्व बल्लभको निधन

आश्विन २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
वरिष्ठ गीतकार विश्व बल्लभको निधन

काठमाडौं । वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा आज निधन भएको छ । 

गत असोज १४ गते मस्तिष्कघात भई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको अवस्थामा बल्लभको निधन भएको हो ।

बल्लभले रचना गर्नु भएको अरुणा लामाको स्वरमा 'भाग्यले खुसी खोसेर लग्यो, तारादेवीको स्वरमा 'शुभकामना', अमन तण्डुकारले स्वर दिएको 'धेरै दिन भो तिम्रो झझल्को' जस्ता दर्जनौं गीत रेकर्ड भएका छन् । लामो समय रेडियो नेपालमा जागिरे जीवन बिताउनु भएका बल्लभले रेडियो नेपालको चर्चित कार्यक्रम 'फूलबारी' सञ्चालन गर्नुहुन्थ्यो ।

गीतकार बल्भलकी श्रीमती हरिदेवीको दुई वर्ष पहिले क्यान्सर रोगबाट निधन भएको थियो । उहाँका दुई छोरी विजया र भावना हुनुहुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.