कान्तिपुर समाचार प्रभाव : कारागार विभागद्वारा सिरहा प्रशासनलाई छानबिन प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

माघ १०, २०८१ |विनय आजाद
कान्तिपुर समाचार प्रभाव : कारागार विभागद्वारा सिरहा प्रशासनलाई छानबिन प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

सिरहा । कारागार व्यवस्थापन विभागले सिरहा कारागार घटनाको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएको छ । विभागले जिल्ला प्रशासन कार्यालय, सिरहालाई यस्तो निर्देशन दिएको हो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई प्रतिवेदन कार्यान्वयन गर्न र विभागलाई पनि पठाउन बुधबार भनिएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । “मैले बुधबार फोन गरेर प्रतिवेदन कार्यान्वयन गर्न र हामीलाई पनि पठाउन भनेको छु”, भट्टराईले कान्तिपुरसँग भन्नुभयो, “अब चाँडै यो कार्यान्वयनमा जान्छ ।”

यस्तै, भट्टराईले प्रतिवेदन जस्ताको त्यस्तै सार्वजनिक नहुने र यसको मुख्य विषयहरू मात्रै सार्वजनिक गरिने पनि बताउनुभयो ।

सिरहा कारागारमा मदिरादेखि लागूऔषधसम्म छिर्ने गरेको, पैसा तिरेर बाहिर घुम्न समेत पाइने गरेको तथा कारागारमा मासिक लाखौं रुपैयाँ उठाइने गरेको समाचार कान्तिपुरमा प्रकाशन भएपछि कारागार व्यवस्थापन विभागको निर्देशनमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समितिले एक महिनाअघि नै प्रतिवेदन बुझाए पनि सिरहा प्रशासन नै घटनाको ढाकछोपमा लागेको भन्ने कान्तिपुरकै समाचारपछि विभागबाट यस्तो निर्देशन आएको हो ।

यो पनि,

सिराहा कारागारको मदिरा प्रकरणमा प्रशासनकै ढाकछोप, छानबिन प्रतिवेदन गोप्य


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement