पत्रकार एवं लेखक बस्नेतको उपन्यास 'सिमसारा' सार्वजनिक

आश्विन १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
पत्रकार एवं लेखक बस्नेतको उपन्यास 'सिमसारा' सार्वजनिक

काठमाडौं । पत्रकार एवं लेखक बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चलचित्र निर्देशक मीन भाम, संगीतकर्मी उज्ज्वल सागर, अस्मिता गौतम र लेखक बस्नेतले पुस्तक लोकार्पण गरेका थिए । 

पुस्तकबारे समीक्षा गर्दै निर्देशक भामले पूर्वी नेपालको सेरोफेरोमा रहेर लेखेको उपन्यासले कर्णालीमा जन्मेहुर्केको आफ्नो कथा समेत ल्याएको जस्तो महसुस भएको बताउनु भयो । उहाँले सिमसाराका पात्रहरुसँग आफ्नो प्रेम बसेको बताउनु भयो ।

परिवारभित्रको उतार-चढावलाई मूल विषय बनाइएको उपन्यास सिमसारामा आफूले बाल्यकालमा देखेको र भोगेको घटनालाई समेत समेटेको लेखक बस्नेतले बताउनु भयो । 

पहिलो उपन्यास 'महाभारा' लेखेका बस्नेतको 'सिमसारा' दोस्रो आख्यान हो भने गैरआख्यानका रुपमा '७२ को विस्मय' प्रकाशित भइसकेको छ ।

फाइनप्रिन्टले प्रकाशन गरेको उपन्यास ‘सिमसारा’को मूल्य ६५० रुपैयाँ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement