काठमाडौं । मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक भएको छ ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो । एक चिकित्सकका रुपमा जीवनमा देखेका, भोगेका र जीवनका यथार्थ घटनालाई लेखक अनिलले पुस्तकमा समेटेका छन् । चिकित्सकका रुपमा काम गर्दा विभिन्न व्यक्तिसँगका अनुभवसमेत पुस्तकमा उतारिएको उनको भनाइ छ ।
२४० पृष्ठको पुस्तकमा ५३ वटा जीवनउपयोगी खण्ड समावेश छन् । पुस्तक बिक्रीबाट प्राप्त रकम असहायका लागि खर्च गरिने अनिलले बताए ।