काठमाडौं । विन्दु सुवेदीको युरोप यात्राका संस्मरण पुस्तक आज विमोचन गरिएको छ ।
ठमाडौंको शिल्पी थिएटरमा प्राध्यापक अञ्जना अवस्थी भट्टराईले युरोप यात्रा संस्मरणको विमोचन गरेकी हुन् । पुस्तकमा सन् २०१८ मा दुई महिना गरेको युरोप भ्रमणबारे लेखिएका नियात्रा समावेश गरिएको छ ।
युरोपका ६ देशमा गरेको भ्रमण, त्यहाँको संस्कृति, जीवनशैलीलाई पुस्तकमा समेटिएको छ । सेरगम प्रकाशन दमकले प्रकाशन गरेको पुस्तकको समीक्षा श्रीओम श्रेष्ठले गरेका थिए ।