ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ को कभर सार्वजनिक

भाद्र ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ को कभर सार्वजनिक

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ ओम मूर्ति अनिलको पुस्तक ‘जीवन्त सम्बन्ध’ को बुक कभर सार्वजनिक गरिएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा ओम मूर्ति अनिलले बुक कभर सार्वजनिक गरेका हुन् । उनले जीवन र सम्बन्धका विविध विषयमा एउटा चिकित्सकले भोगेका विषयलाई पुस्तकमा समेटिएको जानकारी दिए । 

चिकित्सकका रूपमा आफूले काम गर्दा भेटिएका व्यक्तिको अनुभवसमेत समेटिएको जनाए । उनको पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्ड समावेश छन् भने पुस्तक २ सय ४० पृष्ठको रहेको छ । 

‘जीवन्त सम्बन्ध’ आगामी असोज ५ गते सार्वजनिक गर्ने कार्यक्रम छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.