आजका मुख्य समाचार,
* मुलुकलाई ग्रे लिस्टबाट निकाल्न र अर्थतन्त्र उकास्न सक्नेभन्दा सत्तारुढ दलहरु बफादार गभर्नरको खोजीमा/ नेताका दैलो चहार्दै प्रशासकदेखि बैंकरसम्म ।
* प्रधानमन्त्रीलाई बुझाइएको त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन ३ महिनासम्म गुपचुप/ संसदीय समितिले ४ पटक माग्दा पनि पाएन/ कार्यान्वयनमा आशंका ।
* जनमत चाहिएको भए चुनाव लड्न पूर्व राजा शाहलाई प्रधानमन्त्री ओलीको सुझाव/ लोकतन्त्रलाई जात र धर्मका नाममा टुक्राउने गतिविधि नगर्न चेतावनी ।
* युद्धविराम र बन्धक रिहाइ सम्झौताको दोस्रो चरणको वार्ताका लागि इजरायली टोली इजिप्ट पुग्दै / सकारात्मक संकेत देखिएको हमासको प्रतिक्रिया ।
* वुमन्स डे कपमा युगान्डामाथि नेपालको एक विकेटको रोमान्चक जित/ अन्तिम बलमा इश्वरी विस्टको तीन रन / नौ खेलदेखिको जितविहीन यात्रामा पूर्णविराम ।