आजका मुख्य समाचार,
* अनलाइन जुवा र क्रिप्टोको अवैध कारोबार गर्नेहरुमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धानको बाटो खुल्यो / क्रिप्टोमार्फत् ६ वर्षमा सुन र हुन्डीका लागि मात्रै ६ खर्ब भुक्तानी ।
* ठूला भ्रष्टाचार काण्डमा ठूला नेताहरु आरोपप्रत्यारोपमा / अनुसन्धान गर्न भने मुख हेराहेर / गम्भीर छानबिन र कारबाहीभन्दा जोगाउने र तर्साउने चक्र ।
* निर्माण व्यवसायीले सिमेन्ट र डण्डी उद्योगीले कालोबजारी गरेको आरोप लगाएपछि सुरु भयो छानबिन / अनुसन्धानमा सरकारको निष्पक्षतामै शंका ।
* दक्षिण कोरियाको संवैधानिक अदालतमा निलम्बित राष्ट्रपति युनविरुद्धको महाभियोगमाथि जनवरी १४ मा सुनुवाइ / युनलाई सुनुवाइमा श-शरिर उपस्थित हुन आदेश ।
* एन्फा महिला लिग अन्तर्गत सुपर लिग चरणमा नेपाल पुलिस क्लबको रवाफिलो जित / वालिङ नगरपालिका पाँच-शून्य गोलले पराजित ।