इजरायलमा श्रमिक पठाउने प्रक्रिया सुरू

पुस २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलमा श्रमिक पठाउने प्रक्रिया सुरू

काठमाडौं । गत भदौदेखि रोकिएको इजरायलमा श्रमिक पठाउने प्रक्रिया सुरू भएको छ । छनोट भएका श्रमिकहरूको स्वास्थ्य परीक्षण सुरू भएसँगै प्रक्रिया अघि बढेको हो ।

योग्यता पुगेका ३ हजार ४६१ मध्ये गोलाप्रथाबाट २ हजार ११२ जना छनोट गरिएको थियो । पहिलो चरणमा एक हजार जना केयर गिभरका रूपमा इजरायल जाने छन् । बाँकी श्रमिक पछि लैजाने इजरायल सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयको सहमतिपछि प्रक्रिया अघि बढेको हो ।

यसअघि इजरायल र हिजबुल्लाहबीचको लडाइँले तनाव बढेपछि श्रमिक पठाउने प्रक्रिया स्थागित भएको थियो । नेपाल सरकार र इजरायलबीचको श्रम सम्झौता अनुसार सरकारी संयन्त्र मार्फत् दीर्घकालीन स्याहार केन्द्रमा श्रमिक पठाइने छ । अहिले १३ सय भन्दा धेरै श्रमिक दीर्घकालीन स्याहार केन्द्रमा काम गरिरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement