सदर चिडियाखानाको व्यवस्थापनको जिम्मा थप ३० वर्षका लागि प्रकृति संरक्षण कोषलाई

पुस १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सदर चिडियाखानाको व्यवस्थापनको जिम्मा थप ३० वर्षका लागि प्रकृति संरक्षण कोषलाई

काठमाडौं । सरकारले जावलाखेलस्थित सदर चिडियाखानाको व्यवस्थापनको जिम्मा थप ३० वर्षका लागि प्रकृति संरक्षण कोषलाई दिएको छ ।

मन्त्रिपरिषद् बैठकले कोषलाई २१११ सालसम्मका लागि व्यवस्थापन र सञ्चालनको जिम्मा दिएको हो । आज यसको सम्झौतामा हस्ताक्षर भएको छ । माघदेखि लागू हुनेगरी सम्झौतामा हस्ताक्षर भएको हो ।

कोषले ०५२ सालदेखि चिडियाखानाको व्यवस्थापन गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement